Turn on Accessibility Mode
Skip to main content Skip to main navigation Skip to website search Skip to website search
Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

Area Administration Office, Tharmare, Salyan

Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

Area Administration Office, Tharmare, Salyan

Thursday, Ashadh 25, 2083

Accessibility Menu

भाषा (Website Language)

हालको भाषा अङ्ग्रेजी हो । You're viewing the website in english language

नेपाली भाषामा परिवर्तन गर्नुहोस्

Font Size

Color Mode/Filter

Protanopia (for red-weakness), Deuteranopia (for green-weakness), Tritanopia (for blue-weakness). Learn more

Bandwidth

On low bandwidth mode, images and files will not load making website faster and consumes less data Low Bandwidth

Other Tools

Dedicated accessibility mode focuses on the content than on appearance, menu flatens, sliders unfold

नागरिकता प्रतिलिपि सम्बन्धी

2080-04-24

2080-04-24


१. कस्तो अवस्थामा नागरिकताको प्रतिलिपि बनाउन पाइन्छ ?

नागरिकताको प्रमाणपत्र कुनै कारणवश फाटी, च्यातिई, आगलागी भई हराएमा, पानीले भिजी नष्ट भएमा वा अन्य कुनै कारणले झुत्रो भई काम नलाग्ने भएमा प्रतिलिपि लिन सकिन्छ । यसका लागि पुरानो नागरिकताको फोटोकपी वा सो नभएमा नागरिकता नम्वर र जारी मिति खुल्ने लालपूर्जा वा अन्य कुनै कागजात संलग्न गरी निवेदन दिनु पर्छ । निवेदनमा आफ्नो वडाको सिफारिश हुनु पर्दछ र २ प्रति फोटो आवश्यक हुन्छ । प्राप्त निवेदन अनुसार कार्यालयको अभिलेख भिडाई नागरिकताको प्रतिलिपि पाइन्छ ।

२. कतिपटक सम्म नागरिकताको प्रतिलिपि लिन सकिन्छ ?

प्रतिलिपि लिनुपर्ने कारण परि लिन आएमा जति पटक पनि प्रतिलिपि बनाउन सकिन्छ । तर सामान्यतया ३ पटक भन्दा वढी प्रतिलिपि माग्न आएमा भने आवश्यकता अनुसार स्थलगत वा प्रहरी सर्जमिन बुझ्न सकिन्छ ।

३. नागरिकता प्रमाणपत्रमा नाम थर वा अन्य कुनै विवरण सच्चाउन सकिन्छ ?

नेपाली नागरिकताको प्रमाणपत्रमा रहेको थर, उमेर, वतन वा अन्य विवरणमा त्रुटी भएको भए सो को पुष्टि हुने कागज प्रमाण राखी सच्चाउन निवेदन दिनु पर्दछ ।

सच्याउने विवरणको तथ्य प्रमाणित गर्ने सार्थक आधारहरु खुलेको प्रमाण पेश गर्नुपर्दछ । यस अन्तर्गत उमेरको हकमा शैक्षिक योग्यताको प्रमाणपत्रमा उल्लिखित मिति, वतनको हकमा बसाइसराइको प्रमाणपत्र, नाम थरको हकमा– शैक्षिक योग्यताको प्रमाणपत्र लगायत प्रमाण पेश गर्नुपर्दछ ।

निजसँग भएको सबुद प्रमाण र आवश्यकता अनुसार साक्षी सर्जमिन समेत बुझी त्यस्तो विवरण सच्याई पहिले लिएको नागरिकताको प्रमाणपत्र खिची अर्को नागरिकताको प्रमाणपत्र दिन सकिन्छ ।

४. महिलाले आफ्नो नागरिकतामा पतिको नाम कायम गर्न वा हटाउन कसरी सकिन्छ ?

विवाह वा सम्बन्ध विच्छेद भएकी महिलाले थर, वतन वा अन्य विवरण संशोधन गरी पहिले लिएको नागरिकताको प्रमाणपत्र खिची अर्को नागरिकताको प्रमाणपत्र लिन सक्दछन् । यसका लागि सो को तथ्य खुल्ने प्रमाण (विवाह दर्ता/सम्बन्ध विच्छेद प्रमाणपत्र) पेश गर्नुपर्दछ ।

५. नागरिकताको प्रतिलिपि वनाउन स्वंयम उपस्थित हुनुपर्छ की अरुले पनि बनाइदिन सक्दछ ?

प्रतिलिपि बनाउन निवेदक स्वंयम कार्यालयमा उपस्थित हुनुपर्छ । निजको सहिछाप गरेर मात्र प्रतिलिपि जारी हुनसक्छ ।

६. ब्यक्ति उपस्थित हुन नसक्ने अवस्था (मृत्यु भएको, विदेशमा रहेको) का व्यक्तिको नागरिकता प्रतिलिपि झिक्न मिल्छ ?

सम्बन्धित व्यक्तिको मृत्यु भैसकेको अवस्थामा सो व्यक्तिको सरोकारवाला व्यक्तिलाई आवश्यक भई प्रतिलिपि माग गर्न आएमा यो यस्तो व्यक्तिले यो मितिमा नागरिकताको प्रमाणपत्र लिएको देखिन्छ भनी कार्यालयप्रति अनुसारको सबै व्यहोरा खुलाई प्रमाणित गरि दिन सकिन्छ । तर कार्डमा प्रतिलिपि पाइदैन ।

७. अन्य ब्यक्तिको नागरिकताको रेकर्ड हेर्न वा पाउन सकिन्छ की सकिदैन ?

अपराध अनुसन्धान वा न्यायीक प्रयोजनका लागि सम्बन्धित निकायको पत्रका आधारमा मात्र त्यस्ता निकायलाई माग अनुसारका व्यक्तिको नागरिकता अभिलेख उपलब्ध गराइन्छ । यस बाहेक अन्य कुनै काम वा प्रयोजनका लागि कसैले पनि अरु कसैको नागरिकताको रेकर्ड पाउन सक्दैन ।

८. जिल्ला प्रशासन कार्यालय वाहेकका कार्यालयवाट पहिला जारी भएको नागरिकताको प्रतिलिपि कहाँबाट वनाउने ?

पहिले मजिष्ट्रेट, बडाहाकिम, अञ्चलाधीश कार्यालय, विशेष अधिकृत, प्र.जि.अ. को कार्यालय, जिल्ला कार्यालय तथा जिल्ला प्रशासन कार्यालयहरूबाट प्रदान गरिएको नागरिकता प्रमाणपत्रहरूको प्रतिलिपि समेत यसै कार्यालयबाट लिने हो । तर त्यस्ता रेकर्डको कार्यालय प्रति फेला नपरेको अवस्थामा पहिले लिएको नागरिकता प्रमाणपत्र खिची नयाँ नागरिकता लिँदा अपनाउनुपर्ने सवै कार्यविधि पूरा गरी नयाँ नागरिकता बनाइने छ । त्यस्तो नागरिकताको नोट खण्डमा पुरानो नागरिकताको नम्वर र अन्य विवरण समेत उल्लेख गरि दिइने छ । जसले गर्दा पूरानो नागरिकताका आधारमा गरिएका सवै कारोवार तथा कानूनी अधिकार र दायित्व नयाँ नागरिकतामा नै सर्दछ ।

९. बसाइ सराइ गरी यस जिल्लामा आएको व्यक्तिले कहाँबाट नागरिकताको प्रतिलिपि बनाउने ?

अन्यत्र जिल्लाबाटै नागरिकता प्रमाणपत्र लिएको तर हाल यस जिल्लामा बसाइँ सरी आएका नागरिकले यसै जिल्लाबाट नागरिकताको प्रतिलिपि लिने हो । यसका लागि बसाइ सराइको प्रमाणपत्र, स्थायी वसोवास देखिने जग्गा धनी प्रमाणपूर्जा संलग्न गरी सम्बन्धित वडाबाट सिफारिश भएको निवेदन पेश गर्नुपर्छ । निवेदन प्राप्त भएपछि कार्यालयले निवेदकको नागरिकताको प्रमाणिक अभिलेख मगाइ प्रतिलिपि जारी गर्दछ ।

१०. बिवाह गरी यस जिल्लामा आएकी महिलाले कहाँबाट नागरिकताको प्रतिलिपि बनाउने ?

अन्यत्र जिल्लाबाटै नागरिकता प्रमाणपत्र लिएको तर हाल यस जिल्लाम विवाह गरी आएकी महिलाले चाहेमा यसै जिल्लाबाट नागरिकताको प्रतिलिपि लिन सक्दछ । यसका लागि निजले पतिको नाम समावेश गरी प्रतिलिपि लिनुपर्ने हुन्छ ।

११. यस जिल्लामा कार्यरत कर्मचारी वा कर्मचारीका परिवारले यस जिल्लावाट नागरिकताको प्रतिलिपि लिन सक्दछन ?

यसै जिल्लामा कार्यरत कर्मचारी र कर्मचारीका परिवारले जुनसुकै जिल्लाबाट नागरिकता लिएको भएता पनि यसै जिल्लाबाट प्रतिलिपि प्राप्त गर्न सक्दछन । प्रतिलिपि माग गर्दा कार्यरत रहेको कार्यालयको सिफारिस आवश्यक पर्दछ ।

१२. प्रतिलिपि बनाइसकेपछि पहिलाको नागरिकता भेटिएमा के गर्ने ?

प्रतिलिपि लिइसकेपछि पहिलाको नागरिकता भेटिएमा पनि पहिलाको नागरिकता प्रयोग गर्नु हुँदैन त्यस्तो नागरिकता जिल्ला प्रशासन कार्यालयमा बुझाइदिनु पर्दछ ।

Last Updated : 2082-12-23 16:11:54

© All Rights Reserved to Area Administration Office, Tharmare, Salyan .