Turn on Accessibility Mode
Skip to main content Skip to main navigation Skip to website search Skip to website search
Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

Area Administration Office, Tharmare, Salyan

Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

Area Administration Office, Tharmare, Salyan

Thursday, Ashadh 25, 2083

Accessibility Menu

भाषा (Website Language)

हालको भाषा अङ्ग्रेजी हो । You're viewing the website in english language

नेपाली भाषामा परिवर्तन गर्नुहोस्

Font Size

Color Mode/Filter

Protanopia (for red-weakness), Deuteranopia (for green-weakness), Tritanopia (for blue-weakness). Learn more

Bandwidth

On low bandwidth mode, images and files will not load making website faster and consumes less data Low Bandwidth

Other Tools

Dedicated accessibility mode focuses on the content than on appearance, menu flatens, sliders unfold

नयाँ नागरिकता सम्बन्धी

2080-04-23

2080-04-23


१. नेपाली नागरिकताको भनेको के हो ? नागरिकता किन चाहिन्छ ?

नेपालको नागरिक हो भनी राज्यले दिएको प्रमाण नेपाली नागरिकता हो । राज्यको सदस्यको रुपमा नेपाली नागरिकले मात्र नेपालको नागरिकता पाउँछ । यो राज्यले आफ्ना नागरिकलाई पहिचान गर्न, शिक्षा हासिल गर्न र व्यापार व्यवसाय गर्ने जस्ता कानूनले प्रत्याभूत गरेको आधारभूत नागरिक अधिकारहरूको उपभोग गर्ने महत्त्वपूर्ण आधार हो । घर जग्गा लगायत सम्पत्तिको प्राप्ति र हस्तान्तरण, राहदानी प्राप्ति, मताधिकार, बैंङ्क खाता जस्ता विभिन्न काममा नागरिकता अनिवार्य हुन्छ ।

नेपालमा हाल कुन कुन प्रकारको नागरिकता वितरण गरिन्छ ?

नेपालको संविधान र नेपाल नागरिकता ऐन, २०६३ बमोजिम नेपालमा हाल देहाय बमोजिमका नेपाली नागरिकताको प्रमाणपत्रहरू वितरण गर्ने व्यवस्था रहेको छः

  • वंशजको आधारमा नेपाली नागरिकता
  • अंगीकृत नेपाली नागरिकता (वैवाहिक अंगीकृत नेपाली नागरिकता सहित)
  • गैर आवासीय नेपाली नागरिकता
  • सम्मानार्थ नेपाली नागरिकता

नागरिकता सम्बन्धी मौजुदा कानूनहरू के के छन् ?

नागरिकता सम्बन्धी मौजुदा कानूनहरू देहाय बमोजिम रहेका छन्ः

  • नेपालको संविधान
  • नेपाल नागरिकता ऐन, २०६३
  • नेपाल नागरिकता नियमावली, २०६३
  • नागरिकता प्रमाणपत्र वितरण कार्यविधि निर्देशिका, २०६३
  • यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिहरूलाई लिङ्गको महलमा “अन्य” जनाई नागरिकता जारी गर्ने सम्बन्धी निर्देशिका, २०६९
  • नागरिकता प्रमाणपत्र वितरण टोलीको कार्यसञ्चालन निर्देशिका, २०७०
  • नागरिकता प्रमाणपत्रको डाटा हेर्ने मात्र पहुँच दिने सम्बन्धी कार्यविधि, २०७५

३. नागरिकता प्रमाणपत्रको हिफाजत कसरी गर्ने ? खोल हाल्ने की लेमिनेशन गर्ने ?

नागरिकता जस्तो महत्वपूर्ण एवं संवेदनशील कागजातलाई हिफाजतसाथ प्रयोग गर्ने र राख्ने गर्नु पर्दछ । अरुको नागरिकता प्रयोग गरेर गैरकानूनी काम गर्न सक्ने हुँदा आफ्नो नागरिकता अरुलाई प्रयोग गर्न दिनु हुँदैन । नागरिकताको कार्ड प्रिन्ट गरेको हुन्छ र यसमा लेख्न केर्ने वा कुनै संकेत गर्न हुँदैन । कार्डमा कुनै विवरण थप घट गर्नु नहुने हुँदा यसलाई प्लाष्टिकको खोलमा राख्न सकिन्छ । तर नयाँ कार्डमा मसि सेट हुन केही समय लाग्ने भएको हुँदा लिएको महिना दिन पछि मात्र खोल हाल्दा उपयुक्त हुन्छ । त्यस वेला सम्म कागजमा बेरेर सुरक्षित राख्नु पर्छ ।  

४. नागरिकता कहिले बनाउने ? कति उमेर चाहिन्छ ?

नागरिकता बनाउन आउने दिन १६ बर्ष उमेर पूरा भएको व्यक्तिले आफूलाई आवश्यक परेपछि नागरिकता बनाउन सक्दछ । सार्वजनिक विदा नपरेको, कार्यालय खुलेको जुनसुकै दिन पनि नागरिकता बनाउन सकिन्छ ।

५. कागजपत्र सक्कलै पेश गर्नुपर्ने हो कि फोटोकपी  मात्रले पनि हुन्छ ?

नागरिकता बनाउन चाहिने सवै कागजातहरुको फोटोकपी  आवेदनसाथै पेश गर्नुपर्छ । कागजपत्रको सक्कल हेरेर मात्र आवेदन रुजु गरिने हुँदा सवै कागजपत्रको सक्कल प्रति पनि साथै लिइ आउनुपर्छ । रुजु गरे पश्चात सवै कागजपत्रका सक्कल भने फिर्ता पाइन्छ ।

६. नागरिकता बनाउन कस्तो फोटो चाहिन्छ ?

नागरिकता बनाउने ब्यक्तिको मात्र फोटो चाहिन्छ । अभिलेखमा १, प्रमाणपत्रमा १ र आवेदन (अनुसूची) मा १ गरी जम्मा ३ प्रति एकै खालको फोटो चाहिन्छ । फोटोको आकार प्रकार २.५x३ से.मी., रातो पृष्ठभूमी नभएको, फोटोमा बोर्डर नभएको, दुवै कान सहित प्रष्ट रुपमा मुखाकृति देखिएको, चश्मा नलगाएको, अधिकमात्रामा गरगहना वा अन्य सृङ्गारका सामान नपहिरिएको, ढाकाटेपी बाहेक अन्य टोपी नलगाएको (धार्मिक साँस्कृतिक बाहेक), रंगिन फोटो हुनुपर्दछ ।

७. नागरिकता लिन कति समय लाग्छ ?

आफू स्थायी रुपले बसोबास गरेको वडाबाट सिफारिश भइ आएको र रित पुगेको आवेदन भएमा नागरिकता बनाउन खासै समय लाग्दैन । आवेदन बुझाएको केही घण्टा भित्रै नागरिकता बन्छ ।

८. नागरिकता लिने प्रकृया के हुन्छ ?

सर्बप्रथम नागरिकताको अनुसूची फारममा सवै विवरण ठिकसँग भर्ने र फोटो टाँस गरी आफ्नो स्थायी ठेगाना भएको वडा कार्यालयमा फारम बुझाउनु पर्छ । वडाले फारममा सिफारिश गर्दछ । यस्तो फारममा वडाबाट  सिफारिश गराउँदा फोटोमा समेत सम्बन्धित वडा कार्यालयबाट हस्ताक्षर गरी प्रमाणित गराउनुपर्ने हुन्छ । यसपछि  आवश्यक सवै कागजात संलग्न राखी नागरिकता फाँट मा पेश गर्नु पर्छ । काजगात सवै दुरुस्त भएफाँटवाट सक्कल अनुसार रुजु गरिन्छ । यस पछि सनाखन गर्नेले र नागरिकता लिनेले सहिछाप गरिदिनु पर्दछ । त्यसपछि नागरिकताको कार्ड तयार भई अधिकार प्राप्त अधिकारी बाट हस्ताक्षर हुन्छ, नागरिकताको अभिलेखमा नागरिकता प्राप्त गर्ने व्यक्तिले ल्याप्चे सहिछाप गर्ने र प्रमाणपत्र बुझ्ने काम हुन्छ।

९. नागरिकता बनाउँन कति शुल्क लाग्दछ ?

नयाँ नागरिकता आवेदन (अनुसूची) का लागि रु. १०।- को टिकट र नागरिकता प्रतिलिपिका लागि रु १३ को टिकट टाँस्ने बाहेक नागरिकता प्रमाणपत्र बनाउन कुनै किसिमको सेवा शुल्क र दस्तुर लाग्दैन । तर सिफारिश गर्ने गाँउपालिका/नगरपालिका वा वडामा भने तोके अनुसार सिफारिश दस्तुर लाग्न सक्दछ ।

१०. नेपाली नागरिकता बनाउन कहाँ जाने ?

आफ्नो स्थायी ठेगाना भएकै जिल्लाको जिल्ला प्रशासन कार्यालय वा ईलाका प्रशासन कार्यालयबाट मात्र नागरिकता प्रमाणपत्र बनाउन सकिन्छ । सल्यान जिल्लामा (बागचौर नगरपालिका, कुमाख गाउँपालिका, दार्मा गाउँपालिकाको हकमा) इलाका प्रशासन कार्यालय, थारमारे बाट र अन्य स्थानीय तहको हकमा जिल्ला प्रशासन कार्यालय, सल्यानवाट नागरिकता बन्दछ ।

जिल्ला प्रशासन कार्यालयबाट समय समयमा नागरिकता टोली, घुम्ति शिविर समेत खटिने गरेको हुन्छ । आफ्नो स्थायी ठेगाना भएकै ठाँउमा यस्तो टोली खटिएमा टोलीबाट पनि नागरिकता बनाउन सकिन्छ ।

अन्यत्र जिल्लामा स्थायी ठेगाना भएका तर हाल सल्यान जिल्लामा कार्यरत सरकारी कर्मचारीको परिवार भएमा यसै जिल्लाबाटै पनि नागरिकता बनाउन सकिन्छ ।

यस पूर्व विभिन्न समयमा मजिष्ट्रेट, बडाहाकिम, अञ्चलाधीश कार्यालय, विशेष अधिकृत, प्र.जि.अ. को कार्यालय, जिल्ला कार्यालय वाट नागरिकता जारी हुने गरेको थियो । तर हाल भने जिल्ला प्रशासन कार्यालय र मातहत कार्यालयबाट मात्र नागरिकता जारी हुन्छ ।

सल्यान जिल्लामा स्थायी ठेगाना भएका वा अन्यत्रबाट यस जिल्लामा बसाइ सराई गरी आएका वा विवाह गरी यस जिल्लामा आएका महिलाले सल्यान जिल्लाबाट नागरिकता लिन सक्दछन् ।

११. नागरिकता बनाउन को-को आउनु पर्छ ?

नागरिकता बनाउन निवेदक स्वंयम र निजलाई सनाखत गर्ने व्यक्ति जस्तै बाबु, आमा, दाजु, दिदी वा एकाघरका परिवारका सदस्यहरु अनिवार्य रुपमा कार्यालयमै उपस्थित हुनुपर्छ ।

१३. शैक्षिक प्रमाणपत्र र जन्मदर्तामा जन्ममिति फरक-फरक छ भने के हुन्छ ?

शैक्षिक प्रमाणपत्र र जन्मदर्तामा जन्ममिति फरक छ भने पनि नागरिकता बन्दछ । यस्तो अवस्थामा एसएलसी/एसइइ सरहको शैक्षिक प्रमाणपत्रमा उल्लिखित जन्ममिति मान्य हुने हुँदा नागरिकतामा सोही मिति कायम गरिन्छ । यसका लागि सम्बन्धित वडाबाटै दुवै नाम थर गरेको व्यक्ति एकै व्यक्ति हो भनी सिफारिश ल्याउनु पर्दछ ।

१५. कस्ता व्यक्तिले वंशजको आधारमा नागरिकता प्राप्त गर्दछन ?

कुनै व्यक्तिको जन्म हुँदा निजका बाबु वा आमा नेपालको नागरिक रहेछ भने त्यस्तो व्यक्तिले वंशजको आधारमा नागरिकता प्राप्त गर्न सक्दछ ।

१६. बंशजको आधारमा नागरिकता लिन के के कागजपत्र पेश गर्नुपर्छ ?

बंशजको आधारमा नागरिकता लिन अनुसूची १ बमोजिमको नागरिकता आवेदन फाराम (आफ्नो वडाबाट सिफारिस भइ आएको हुनुपर्ने), आमा र बाबुको नागरिकता प्रमाणपत्र (बंशज खुलेको हुनुपर्ने), जन्मदर्ता प्रमाणपत्र र शैक्षिक योग्यताको प्रमाणपत्र पेश गर्नु पर्छ ।

१७. आमाको नागरिकता पेश नगरी नागरिकता बनाउन मिल्दैन र ?

आमाको नागरिकता पेश नगरी पनि नागरिकता वनाउन सकिन्छ । यस्तो नागरिकतामा बाबुको नाम मात्र उल्लिखित हुन्छ । आमाको नाममा खालि रहन्छ । तर आमाको नागरिकता पेश गर्दा प्रमाणपत्रमा आमाको नाम समेत उल्लिखित भई आउछ । आमाको नागरिकतामा बाबुको नाम रहेको छैन भने बाबु आमाको विवाह दर्ता समेत पेश गर्नुपर्दछ ।

१९. बाबु आमाको ठेगान नभएको व्यक्तिले नागरिकता पाउन सक्छ ?

नेपाल सरहदभित्रै फेला परेको तर पितृत्व/मातृत्वको ठेगान नभएको कुनै व्यक्तिको बाबु वा आमाको पत्ता नलागेसम्म यस्तो व्यक्तिले नागरिकता लिन निज बालमन्दिर वा अनाथ बालबालिका संरक्षण गर्ने संघ संस्था वा अनाथालयको संरक्षणमा हुर्के बढेको भए त्यस्तो संस्थाको सिफारिस, कुनै व्यक्ति विशेषले प्रचलित कानून बमोजिम संरक्षकत्व प्राप्त गरी पालनपोषण गरेको भए निजको नागरिकता पेश गर्नु पर्दछ । संस्थामा हुर्केको भए संस्थाका प्रमुखबाट र व्यक्तिले संरक्षकत्व दिएको भए पालनपोषण गर्ने व्यक्तिबाट सनाखत हुनुपर्दछ । निवेदकको पितृत्व वा मातृत्वको सम्बन्धमा आवश्यकताअनुसार स्थानीय तहको सिफारिश वा प्रहरी प्रतिवेदन माग गर्न सकिनेछ ।

यस्तो व्यक्तिको नागरिकता प्रमाणपत्रको बाबु वा आमाको नामको महलमा “पितृत्व/मातृत्वको ठेगान नभएको” व्यहोरा जनाई संरक्षकको नाम, थर र ठेगाना उल्लेख गरिन्छ ।

२०. सर्जमिन मूचुल्का कस्तो अवस्थामा गर्नुपर्छ ?

सनाखत गर्ने व्यक्तिले शंकास्पद रूपमा सनाखत गरेको लागेमा थप छानबिन हुन सक्दछ । निवेदकको बाबु आमाको सम्बन्धमा वा स्थायी ठेगानाका सम्बन्धमा थप कुरा बुझ्नु पर्ने भएमा स्थलगत सर्जमिन वा प्रहरी सर्जमिन माग गर्न सकिन्छ ।

यसरी हेर्दा नागरिकता बनाउने सामान्य उमेर भन्दा ढिलो गरी आएका, बाबु वा आमाको वारेमा स्पष्ठ नखुलेको, स्थायी बसोवासका बारेमा प्रष्ट नभएको लगायतका व्यक्तिको नागरिकता बनाउने क्रममा सर्जमिन बुझ्न सकिन्छ ।

२१. जन्मदर्ता वा शैक्षिक प्रमाणपत्र दुवै चाहिन्छ की एक मात्र भए हुन्छ ?

नागरिकता बनाउन जन्मदर्ता अनिवार्य रुपमा चाहिन्छ । एसएलसी/एसइइ वा सो भन्दा वढी पढाइ भएका व्यक्तिको हकमा शैक्षिक प्रमाणपत्र समेत पेश गर्नुपर्दछ । शैक्षिक प्रमाणपत्र पेश नगर्दा यसमा उल्लिखित अनुसार नाम थर जन्ममिति नागरिकतामा फरक पर्न सक्ने हुन्छ । शैक्षिक प्रमाणपत्र पेश गर्दा शैक्षिक प्रमाणपत्र र नागरिकतामा नाम थर जन्ममिति उही रहन्छ ।

२२. यस जिल्लाका नागरिकसँग विवाह भएकी नेपाली महिलाले नागरिकता कहाँवाट लिने के कागजात चाहिन्छ ?

नागरिकता प्रमाणपत्र नलिदै यसै जिल्लाका नागरिकसँग विवाह भएकी नेपाली महिलाले यसै जिल्लाबाट नागरिकता बनाउनु पर्दछ । यसका लागि पतिको नागरिकता, विवाह दर्ता र माइति तर्फका बाबु र आमा वा दाजु/भाइको नागरिकता प्रमाणपत्र (बंशज खुलेको हुनुपर्ने) सँलग्न राखी वडावाट सिफारिश सहितको अनुसूची फारम पेश गर्नु पर्दछ । निजको नागरिकताको लागि पति (नभए ससुरा, सासु, देवर वा जेठाजुमध्ये कोही) को सनाखत आवश्यक पर्दछ ।

२३. विवाह गरेकी महिलाले नागरिकतामा माइतिपट्टि वा घरपट्टिको थर राख्नुपर्छ ?

विवाहिता महिलाले विवाह पछि माइति तर्फ वा घरतर्फको वा दुवै थर प्रयोग गरी नागरिकता वनाउन सक्दछन् । तर शैक्षिक प्रमाणपत्रमा भएको थर अनुसार नै नागरिकता बनाउदा भने पछि सम्म पढ्न तथा रोजगारी र व्यवसायमा सजिलो पर्न सक्दछ ।

२६. यसै जिल्लामा कार्यरत कर्मचारीको परिवारले कसरी नागरिकता वनाउने ?

अर्कै जिल्लामा स्थायी ठेगाना भई यसै जिल्लामा कार्यरत रहेको नेपाल सरकारको स्थायी सेवाका कर्मचारीहरुका परिवारका सदस्यले यसै जिल्लाबाट समेत नागरिकता बनाउन सकिन्छ । नागरिकताका बनाउन २ प्रति फारम र बंशजका लागि चाहिने सवै कागजात संलग्न गरी पेश गर्नुपर्दछ । यसका साथै आफ्नो कार्यालयको सिफारिश र कर्मचारी परिचयपत्र समेत पेश गर्नुपर्दछ ।

२७. नागरिकताको प्रयोजनका लागि कर्मचारी भनेको को हो, परिवार अन्तर्गत को-को पर्दछन ?

नागरिकता वनाउने प्रयोजनका लागि “कर्मचारी” भन्नाले नेपाल सरकारको कोषबाट तलब भत्ता खाने कर्मचारी वा संस्थानका कर्मचारी वा शिक्षक वा प्राध्यापक हुन् । संकेत नम्वर प्राप्त भएका निजामती, सेना, प्रहरी, शिक्षक, सार्वजनिक संस्थान आदिका स्थायी कर्मचारीलाई यस प्रयोजनका लागि कर्मचारी भनिन्छ । अस्थायी करार ज्यालादारी वा अन्य प्रकृति वा संस्थाका कर्मचारीलाई यस व्यवस्थाले समेटदैन ।

 “परिवार” भन्नाले कर्मचारीसँग बस्ने तथा निज आफैँले पालनपोषण गर्नु पर्ने पति, पत्नी, छोरा, अविवाहिता छोरी, धर्मपुत्र, अविवाहिता धर्मपुत्री, बाबु, आमा वा सौतेनी आमा हुन् । पुरुष र अविवाहिता महिला कर्मचारीको बाजे, बज्यै तथा विवाहिता महिला कर्मचारीको सासू, ससुरा समेत परिवार हुन् ।

२८. नेपाली नागरिकता त्याग गर्न सकिन्छ ?

नेपालको नागरिकता त्याग्न चाहेमा त्याग गर्न सकिन्छ । यसै जिल्लाबाट जारी भएको नागरिकता जिल्ला प्रशासन कार्यालय सल्यानमा व्यक्ति स्वंयम आइ त्याग गर्न सकिन्छ । यसका लागि नागरिकता प्रमाणपत्रको सक्कलप्रति संलग्न गरी अनुसूची–९ बमोजिमको ढाँचामा सूचना दिनु पर्दछ । सूचना दर्ता भएको मितिदेखि त्यस्तो व्यक्तिको नेपाली नागरिकता समाप्त हुन्छ ।

ब्यक्ति विदेशमा बसेको भए सम्बन्धित नेपाली राजदूत वा नेपाली नियोग प्रमुख वा महावाणिज्यदूत वा वाणिज्यदूतसमक्ष सूचना दिन सकिन्छ ।

२९. नागरिकता त्याग गरेपछि फेरी नेपाली नागरिकता कायम गर्न सकिन्छ ?

नेपाली नागरिकले विदेशी मुलुकको नागरिकता त्याग गरी पुनः नेपालमा आई बसोबास गरेको छ भने निजले चाहेमा फेरी नेपाली नागरिकता कायम गर्न सकिन्छ । यसै जिल्लाबाट जारी भइ त्याग गरेको नागरिकताको हकमा यसै जिल्लाबाट पून कायम हुन सक्दछ । यसका लागि निजले विदेशी मुलुकको नागरिकता त्यागेको निस्सा सहित अनुसूची ११ बमोजिमको ढाँचामा निवेदन दिनु पर्नेछ । निवेदन प्राप्त भएपछि अनुसूची–१२ बमोजिमको ढाँचामा सूचना दर्ताको जानकारी दिई साविककै नागरिकताको विवरणसहितको नेपाली नागरिकताको प्रमाणपत्र जारी गर्न सकिन्छ ।

३०. नागरिकता रद्द हुने, कायम नरहने वा नागरिकबाट हटाउने पनि हुन सक्छ ?

नागरिकता रद्द हुन सक्दछ । झुठो विवरण दिएमा, नाम, थर, जात, ठेगाना, बाबुको नाम, राष्ट्रियता ढाँटेमा, गैर नेपालीले नेपाली नागरिकताको प्रमाणपत्र लिएमा यस जिल्लाबाट जारी भएको नागरिकता भए यसै जिल्लाबाट रद्द हुन सक्दछ ।

विदेशी मुलुकको नागरिकता प्राप्त गरेमा वा नेपाली नागरिकता त्याग गरेको सूचना दर्ता गरेमा निजको नेपालको नागरिकता कायम रहँदैन ।

कुनै विदेशी व्यक्तिले झुठ्ठा विवरण वा बयान दिई नेपाली नागरिक हो भनी झुक्याई नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेको कुरा प्रमाणित हुन आएमा नेपाल सरकारले निजको नेपाली नागरिकताको प्रमाणपत्र रद्द गरी निजलाई नेपाली नागरिकबाट हटाउने आदेश दिन सक्छ ।

३१. कुनै व्यक्तिले झुठ्ठा विवरण दिई दुई वा दुईभन्दा बढी नागरिकता प्रमाणपत्र लिएको रहेछ भने के हुन्छ ?

झुठ्ठा विवरण दिई दुई वा दुईभन्दा बढी नागरिकता प्रमाणपत्र लिएको रहेछ भने पहिलो पल्ट लिएको नागरिकता प्रमाणपत्र कायम गरी पछिल्लो पटक लिएको नागरिकता प्रमाणपत्र रद्द हुन्छ ।

तात्विक असर पर्ने गरी कसैले जानी जानी झुठ्ठा विवरण पेश गरी नागरिकता प्रमाणपत्र लिएको व्यहोरा अनुसन्धानबाट पुष्टि हुन आएमा प्रचलित कानून बमोजिम कारबाहीको लागि सम्बन्धित निकायमा पठाउन सकिन्छ ।

३२. झुठो विवरण दिई नागरिकता प्राप्त गरेमा के हुन्छ ?

झुठो विवरण दिई नागरिकता प्राप्त गर्न हुँदैन । झुठो विवरण दिएमा, नाम, थर, जात, ठेगाना, बाबुको नाम, राष्ट्रियता ढाँटेमा, गैर नेपालीले नेपाली नागरिकताको प्रमाणपत्र लिएमा नागरिकता रद्द हुन सक्दछ र पन्ध्र हजार रुपैया सम्म जरिवाना हुनसक्छ ।

 

३३. नागरिकता कार्डमा आफैले केरमेट वा थप घट गर्न हुन्छ की हुदैन ?

नागरिकतामा भएको कुनै पनि विवरण आफै केरमेट वा संशोधन गर्न हुँदैन । विवरण आफुखुसी सच्याएमा तीन महिना सम्म कैद वा दस हजार रुपैया सम्म जरिवाना वा दुवै सजाय हुन सक्दछ । नागरिकतामा कुनै विवरण अन्यथा भई सच्चाउनुपर्ने भएमा प्रमाण सहित कार्यालयमा निवेदन दिनुपर्दछ । कार्यालयले कानून अनुसार विवरण सच्चाई अर्को नागरिकता कार्ड बनाइदिन सक्दछ ।

३४.  प्रचलित कानून विपरीत नागरिकता लिने वा मद्दत गर्ने व्यक्तिलाई के सजाय हुन्छ ?

  • झुठो विवरण दिई विदेशीले नागरिकता लिएमा एक वर्ष देखि पाँच वर्ष सम्मकैद वा पचास हजार रुपैयाँ देखि एक लाख रुपैयाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्दछ । यसरी नागरिकता दिलाउने कार्यमा सनाखत गरेमा वा सिफारिस गरेमा छ महिना देखि तिन वर्ष सम्म कैद वा पच्चीस हजार रुपैया देखि पचास हजार रुपैयाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्दछ ।
  • झुठो वा किर्ते नागरिकताको प्रमाणपत्र खडा गरेमा वा सिफारिस गरेमा एक बर्ष देखि पाँच बर्ष सम्म कैद वा बीस हजार रुपैया देखि एक लाख रुपैयाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्दछ ।
  • ऐन तथा नियमावलिको बर्खिलाप कार्य गरेमा पन्ध्र हजार रुपैया सम्म जरिवाना हुन सक्दछ ।
  • कर्मचारीले बदनियतापूर्वक नागरिकता दिएमा वा विवरण सच्याएमा विभागीय कारबाही हुन सक्दछ ।
  • ऐन बमोजिमको कसूर गर्न उद्योग गर्न वा मद्दत गर्ने व्यक्तिलाई मुख्य कसूरलाई हुने दण्ड सजायको आधा सजाय हुन सक्दछ ।

Last Updated : 2082-12-23 16:11:54

© All Rights Reserved to Area Administration Office, Tharmare, Salyan .