Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

ईलाका प्रशासन कार्यालय, थारमारे, सल्यान

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

ईलाका प्रशासन कार्यालय, थारमारे, सल्यान

बुधबार, असार २४, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

परिचय


सल्यान जिल्लाको संक्षिप्त परिचय

सल्यान जिल्ला नेपालको मध्यपश्चिमाञ्चल विकास क्षेत्र हालको कर्णाली प्रदेश अन्तर्गत महाभारत श्रङ्खलाको मध्य भागमा अवस्थित एक जिल्ला हो । यो जिल्ला प्राक्रितिक सम्पदा, तथा धार्मिक स्थलहरु र सँस्कृतीले धनी जिल्ला मानिन्छ । नेपालको राजधानी काठमाण्डौ देखी करिब ४९६ कि.मी. (मोटर बाटो) को दुरीमा यस जिल्लाको जिल्ला सदरमुकाम खलङ्गा रहेको छ । यस जिल्ला ववइ नदिको ३२६ मिटर उचाइ देखी २८२७ मिटर उचाइको खर्शुवास लेकसम्म फैलिएको छ भने जिल्ला सदरमुकाम १५३६ मिटर उचाइमा रहेको छ । यो जिल्ला भौगोलिक हिसाबले राप्ती अञ्चलको प्यूठान पछिको दोश्रो सानो जिल्ला हो । करीव साढे दुई लाख जनसङ्ख्या भएको यस जिल्लाको क्षेत्रफल १,९५१ वर्ग कि.मी. (१,९५,१७८ हेक्टर) रहेको छ । यो जिल्ला २८ ३१ देखी २८ ५३ उत्तरी अक्षांश र ८२ ० देखी ८२ ४६ सम्म पुर्वी देशान्तर सम्म फैलिएको छ । यस जिल्लाको पूर्वमा रोल्पा पश्चिममा सुर्खेत र बर्दिया उतरमा जाजरकोट र रुकुम दक्षिणमा दाङ र बाँके जिल्ला रहेका छन् । जिल्लाको जनसंख्या २४४९४३ रहेको छ ।  यो जिल्ला ऐतिहासिक महत्व बोकेको जिल्ला भएको खैरावाङ भुवनेश्वरी मन्दिर लक्षमीपुर शक्तिपिठ छाँयाक्षेत्र मन्दिर कृष्ण मन्दिर देवस्थलका साथै कुपिण्डे ताल र कछुवा दह जस्ता तालहरु पनि रहेका छन् । जिल्लाको उतर पश्चिममा बग्ने भेरी नदी र मध्ये भागबाट बग्ने शारदा नदिका साथै मर्म खोला‚ वनगाड खोला‚ कोर्वाङ खोला‚ दार्मा खोला‚ मोखला खोला‚ चाक्ला खोला जस्ता खोलाहरु एंव ज्यूला वेशी र फांटहरुले जिल्लालाइ उर्वरता प्रदान गरेका छ्न् । यस जिल्लामा अदुवा‚ बेमौसमी तरकारी र खसी बाख्रा पालनको राम्रो सम्भाव्यता रहेको छ । जिल्लाका प्राय सबै गाविसहरु हिउदमा कच्ची मोटरबाट जोडीएका र यस जिल्ला हुदै रुकुम सदरमुकाम जाने राप्ती राजमार्ग जिल्लामा ९० किमी र छिन्चु जाजरकोट डोल्पा सडक १५ किमी पक्की सडकका कारणा जिल्लामा यातायातको नियमित सुविधा रहेको छ ।

कार्यालयको परिचय   

सल्यान जिल्लाको सदरमूकाम खलंगा देखि उत्तरी भुभागमा पर्ने बागचौर नगरपालिकाको वडा न २ मा यस ईलाका प्रशासन कार्यालय रहेको छ । यस कार्यालयको स्थापना वि.सं. २०७२ साल असोज २८ गते भएको हो । यस कार्यालयको सेवा क्षेत्रका रुपमा सल्यान जिल्लाका बागचौर नगरपालिका, दार्मा गाउँपालिका र कुमाख गाउँपालिका गरी ३ वटा स्थानीय तहहरु रहेका छन् ।

 

पछिल्लो अपडेट गरिएको : 2082-12-23 16:11:54

© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय, थारमारे, सल्यान .